पोखरामा नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीको सम्मेलन
पाेखरा | भदौ ४, २०७९
पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गरेको छ ।
आज(शनिबार) मुक्ति समाजले पोखरा ४ गैह्रापाटनस्थित उद्योग वाणिज्यसंघको सभाहलमा सो सम्मेलन सम्पन्न गरेको हो ।
सो सम्मेलनको कार्यक्रम उद्घाटन नेकपा एमालेका सचिव तथा गण्डकी इन्चार्ज पद्यमा आर्यालले गरिन् । सो अवसरमा बोल्दै उनले अधिकारका लागि दलित समुदाय एकजुट हुनुपर्ने धारणा राखिन् ।
यसैगरि नेपाल मुक्ति समाजका सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले उत्पीडित तथा दलित समुदायहरु स्वतन्त्रपूर्वक बाँच्नु पाउँनुपर्ने बताए । ‘उत्पीडित दलित समुदाय स्वतन्त्रता पुर्वक बाच्न पाउनुपर्छ र राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुत व्यवहारबाटै अन्त्य गरिनु पर्छ ।’ उनले भने ।
समाजको छैठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा आयोजना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका सह सचिव प्रेम विश्वकर्माले बताए ।
यसैगरी नेकपा एमालेका पार्टी महानगर कमिटी सदस्य रामचन्द्र नेपालीको संयोजकमा ३० जनाको स्वयम सेवक टाली निर्माण गरि कार्यक्रममा सहजता प्रदान गरिएको छ ।
उक्त सम्मेलनपश्चात नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

